रसुवामा हात्तीपाइले रोगको औषधि खुवाउने कार्यक्रम सुरु
रसुवा । रसुवामा वैशाख १६ गतेदेखि रसुवा हात्तीपाइले रोगको औषधि खुवाउने कार्यक्रम सुरु गरिएको छ ।
पहिलो चरणमा जिल्लाको पाँचवटा गाउँपालिकामा एक साता हात्तीपाइले रोग रोकथामका लागिऔषधि खुवाउने कार्यक्रम सुरु भएको हो ।
जनस्वास्थ्य कार्यालय रसुवाका जनस्वास्थ्य अधिकृत भीमसागर गुरागाईंका अनुसार ०८१ साल वैशाख १६ देखि २२ गतेसम्म नियमित तालिमप्राप्त स्वास्थ्यकर्मीले घर नजिकैका बुथमा औषधि खुवाउनेछन् ।
दुई वर्ष उमेर नपुगेका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी तथा ओछ्यान परेका सिकिस्त बिरामीले औषधी खाने नहुने उनले बताए ।
यो अभियान भरि अनुगमन गरी वैशाख २२ गतेसम्म औषधि खान छुटेकालाई वैशाख ३० सम्म खुवाइनेछ । हापीपाइले रोग रोकथामका लागि राष्ट्रिय आम औषधि सेवन कार्यक्रम ०८१ रसुवालगायत ६ जिल्लामा संचालन भइरहेको छ ।
पहिलो चरणमा यस कार्यक्रम रसुवासहित झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट र कपिलवस्तुमा सञ्चालन भइरहेको छ । शरीरमा हात्तीपाइले रोगका परजीवी भएका व्यक्तिमा औषधि खाएपछि सामान्य टाउको दुखाइ, वाकवाकी लाग्ने तथा पेट र घाँटी दुख्ने समस्या हुन सक्ने बताइएको छ ।
गाह्रो भएमा नआत्तीकन स्वास्थ्य संस्थामा सम्पर्क गर्न जनस्वास्थ्य अधिकृत गुरागाईंले अनुरोध गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया