नुवाकोटको बेलकोटगढीमा हाप्किडोको राष्ट्रिय प्रतियोगिता हुने
विदुर खबर
२०८० चैत ३० गते २१:४४

नुवाकोट । नुवाकोट आमन्त्रण ओपन हाप्किडो राष्ट्रिय च्याम्पियनसिप वैशाख ७ र ८ गते नुवाकोटको बेलकोटगढीमा हुने भएको छ ।
प्रतियोगिता नयाँ वर्ष २०८१ को उपलक्ष्यमा हुन लागेको नेपाल हाप्किडो संघका मुख्य प्रशिक्षक प्रवीण गुरुङले जानकारी दिए । प्रतियोगितामा स्पाइरिङ, हाइफल, लङफल र डेमोस्ट्रेसन समावेश गरिएको छ । खुला प्रतियोगितामा ५ सय हाराहारीमा खेलाडीको सहभागिता रहने गुरुङले बताए ।
बेलकोटगढी नगरपालिकास्थित अविसरा सहिद स्मृति खेल मैदानमा हुनेछ ।
नुवाकोट जिल्ला हाप्किडो संघको आयोजनामा हुने प्रतियोगितामा वाग्मती प्रदेश हाप्किडो संघ र नेपाल हाप्किडो संघको सहकार्य रहनेछ ।
सम्बन्धित
प्रतिक्रिया