एसीसी प्रिमियर कपमा आज नेपालले मलेसियासँग खेल्दै
नुवाकोट । नेपालले एसीसी प्रिमियर कपमा आज मलेसियासँग खेल्दैछ ।
खेल दिउँसो ४:१५ मा ओमानको अल अमरेत मैदानमा सुरु हुनेछ । उपाधि दाबेदार नेपाल मलेसियालाई हराउँदै सानदार सुरुवात गर्ने योजनामा छ ।
समूह ‘ए’ मा नेपाल, हङकङ, कतार, मलेसिया र साउदी अरेविया छन् । समूह ‘बी’ मा ओमान, युएई, कम्बोडिया, बहराइन र कुवेत छन् । प्रतियोगिता विजेताले टि-२० विश्वकपपछि हुने टि-२० एसिया कप खेल्न पाउनेछ । नेपालको दीपेन्द्रसिँह ऎरी, कुशल मल्ल र कुशल भुर्तेल प्रमुख हतियार हुन् । यी तीन खेलाडीको प्रदर्शन निकै महत्त्वपूर्ण हुनेछ ।
उता मलेसियाका विरनदिप सिंह,शर्विन मुनिआन्डि र सैद अजिज प्रमुख ब्याटर हुन् । यी तीन विकेट समयमै लिन सके नेपाल खेलमा हाबी हुन सक्छ । स्पिनर पवनदिप सिंह प्रमुख बलिङ हतियार हुन् ।
नेपाल र मलेसियाबिच हालसम्म ९ टि_२० आई खेल भएका छन् । नेपाल ८ र मलेसिया १ खेलमा विजयी भएका छन् । नेपाल २०२० को एसीसी इस्टर्न रिजनमा मलेसियासँग २२ रनले पराजित भएको थियो । १५५ रनको लक्ष्य पछ्याएको नेपाल १३२ रनमा अल आउट भएको थियो ।
अन्य सबै खेलमा भने नेपाल विजयी भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया