नुवाकोट निर्माण सामाग्री व्यवसायी संघको नयाँ कार्य समिति चयन
विदुर खबर
२०८० चैत २४ गते २०:०९
नुवाकोट । नुवाकोट निर्माण सामाग्री व्यवसायी संघको नयाँ कार्य समिति चयन भएको छ ।
शनिवार भएको संघको ५ औ जिल्ला अधिवेशनले नविनकृष्ण राजभण्डारीको नेतृत्वमा कार्यसमिति चयन गरेको हो ।
संघको प्रथम उपाध्यक्षमा शैलेन्द्र कुमार श्रेष्ठ चयन भएका छन् भने द्धितिय उपाध्यक्षमा राजनमान श्रेष्ठ निर्वाचित भएका छन् । महासचिवमा तेज वहादुर प्याकुरेल, सचिवमा प्रेमकृष्ण राजभण्डारी र कोषाध्यक्षमा विष्णु प्याकुरेल चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
यस्तै संघको सदस्यहरुमा दामोदर नेपाल, प्रेम लामिछाने, विरोध खतिवडा, होम वहादुर दाहाल चयन भएका छन् । त्यस्तै अन्य सदस्यहरुमा रुपेश कुमारसिंह राजपुत, गणेश गुरुवाचार्य, नमराज पाण्डे र गणेशराज पाण्डे चयन भएका छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया