कीर्तिपुरमा लाङटाङको फोटो प्रदर्शनी
विदुर खबर
२०८० चैत २१ गते ८:२४
नुवाकोट । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय कीर्तिपुरमा लाङटाङको फोटो प्रदर्शनीमा राखिएको छ ।
त्रिवि केन्द्रीय पुस्तकालय र प्राणीशास्त्र केन्द्रीय विभागको संयुक्त आयोजनामा ‘दुई दशकमा लाङटाङ : प्रकृति, विविधता, भूकम्प र जीवन’ शीर्षकमा फोटो प्रदर्शनीमा राखिएको हो ।
प्रदर्शनीमा राखिएका फोटो वाशिङ्टन विश्वविद्यालयका प्राध्यापक रायन्डल सी काइज, त्रिविका प्राध्यापक मुकेश चालिसे, नेपाल इन्जिनियरिङ कलेजका डाक्टर नारायणप्रसाद कोजू र कलाकार बालकृष्ण बनमालाले खिच्नुभएको हो ।
उहाँहरूले अनुसन्धान र तालिमका अवसरमा लाङटाङमा जाँदा सन् २००२ देखि २०२३ सम्म दुई दशकमा खिचिएका फोटोमध्येबाट एक सयबाट छानिएका फोटो प्रदर्शनीमा राखिएको पुस्तकालकाय सूचना अधिकारी विजय शर्माले जानकारी दिनुभयो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया