एमाले रसुवा अधिवेशनको तयारीमा
विदुर खबर
२०८० चैत १६ गते ८:५५
रसुवा । नेकपा एमाले रसुवा जिल्ला अधिवेशनको तयारीमा जुटेको छ ।
आगामी वैशाख २२ गते धुन्चेमा भव्य रूपमा नवौँ जिल्ला अधिवेशन गर्न एमाले रसुवाले सिङ्गो पार्टी पङ्तिलाई परिचालन गरेको छ । पार्टीका तीन हजार एक सय नौजना सबंगठित सदस्यले नवीकरण गरेकोले नयाँ नेतृत्व चयन गर्ने यो अधिवेशनको उद्घाटन एमालेका अध्यक्ष एवम् पूर्व पधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ ।
अधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्न पार्टी अध्यक्ष कर्णेल लामाको संयोजकत्वमा एक हजार एक सदस्य रहेको मूल आयोजक कमिटी गठन गरिएको पार्टी सचिव जनार्दन ढकालले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया