नेपाल फर्किदै रेखा, नयाँ फिल्म बनाउने

नुवाकोट । सर्बाधिक हिट चलचित्र उपहार बनाएकी नायिका रेखा थापाले अर्को चलचित्र बनाउने तयारी गरेकी छिन ।
उनले फिल्मको नाम सोचिरहेको बताईन । नेपाली फिल्म उद्योगको गरिमा राख्ने काम गरिरहेको बताउदै रेखाले फिल्मको सङ्ख्या मात्र राख्ने काम आफुबाट कदापि नहुने उल्लेख गरिन । मेरो अझै दर्बिलो उपस्तिथि हुनेछ, सबैको माया र हौसला बटुल्ने हिम्मत छ, रेखाले भनिन्।
रेखा थापा वैशाखको १८ गते नेपाल फर्किदैछिन । उनी, नेपाल आएपछि नयाँ फिल्मको काममा लाग्ने वुझिएको छ । फिल्म ‘उपहार’ बनाएपछि रेखाले वर्तमान बजारको अवस्था र दर्शकको स्वाद पनि बुझ्ने मौका पाइन् । यसैले, यी सबै कुरालाई ध्यानमा राखेर उनी नयाँ फिल्म बनाउने तयारीमा लागेकी छिन् ।
फिल्म ‘उपहार’ नेपालपछि अमेरिकामा पनि रिलिज भइरहेको छ । अमेरिकामा दर्शकले फिल्मलाई राम्रो प्रतिक्रिया दिएपछि उनी उत्साहित छिन् ।
फिल्मले इनिसियल रुपमा राम्रो व्यापार गरेपछि रेखा दंग छिन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया