यस वर्षको एसइईमा नुवाकोटबाट ४ हजार विद्यार्थी सहभागी हुने

विदुर खबर २०८० चैत ५ गते १६:४०

नुवाकोट । यस वर्षको एसइई परिक्षमा नुवाकोटबाट झण्डै चार हजार जना विद्यार्थीले परिक्षा दिने भएका छन् ।

Advertisement

यहि चैत्र १५ गतेदेखि शुरु हुने माध्यामिक शिक्षा परिक्षा (एसइई) को लागि जिल्लामा २३ ओटा परिक्षा केन्द्र निर्धारण गरिएको शिक्षा विकास तथा समन्वय ईकाइले जनाएको छ । कार्यालयले विहिबार परिक्षा केन्द्रको विवरण समेत सार्वजनिक गरिसकेको छ ।

सामुदायिक विद्यालयतर्फ पृथ्वी माविबाट सबैभन्दा ७६ जनाले परिक्षा दिनेछन भने संस्थागतबाट अर्किड एकेडेमीबाट ७९ जना परिक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइकी सुचना अधिकारी सम्झना थपलियाले जानकारी दिइन् ।

Advertisement

यो वर्ष नुवाकोटबाट तीन हजार ९ सय २२ जना परिक्षार्थीले परिक्षा दिनेछन् । परिक्षामा नियमिततर्फ तीन हजार ७ सय १८, प्राविधिकतर्फ एकसय २६ र ग्रेड बृद्धितर्फ ७८ जना विद्यार्थी सहभागी हुनेछन् ।

मर्यादित रुपमा परिक्षा सचालनको लागि ईकाइ आवश्यक प्रक्रिया र कार्यहरु संचालन गरिरहेको कार्यालयका निमित्त प्रमुख तुलवहादुर महतले जानकारी दिए ।

Advertisement

यो वर्षदेखि एसइईमा उर्तीण हुनको लागि ३५ प्रतिशत अंक ल्याउनुपर्नै अनिवार्य व्यवस्था गरिएको छ ।

प्रतिक्रिया