रसुवाको जुरेढुङ्गा केन्द्रविन्दु भएर भूकम्प
विदुर खबर
२०८० चैत ४ गते १२:३७

नुवाकोट । रसुवाको जुरेढुङ्गा केन्द्रविन्दु भएर भूकम्प भएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९:४४ बजे रसुवा जिल्लाको जुरेढुङ्गा आसपास केन्द्रविन्दु भएर चार रिक्टरस्केलको भूकम्प भएको हो ।
यसअघि फागुन २८ गते बाजुरा जिल्लाको जुगाडा केन्द्रविन्दु भएर चार दशमलव तीन रिक्टरस्केलको भूकम्प भएको थियो । नेपालमा पछिल्लो समय कम शक्तिशाली भूकम्प हुने क्रम जारी रहेको छ ।
नेपालमा अधिक हिमाली क्षेत्र भएकाले सधै भूकम्पीय जोखिममा रहेको भूकम्पविद्हरू बताउँछन् ।
सम्बन्धित
प्रतिक्रिया