नुवाकोटको किस्पाङमा आफ्नै छोराद्धारा बुवाको हत्या
नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिकामा आफ्नै छोराले मादक पदार्थ सेवन गरि बुवाको हत्या गरेका छन् ।
किस्पाङ गाउँपालिका वडा नम्बर ५ पोखरीस्थित आफ्नै घरमा शुक्रवार राती १२ बजे १७ वर्षिय फुलकुमार नेपालीले परिर्वतित नामले बुवाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
हत्या हुनेमा किस्पाङ गाउपालिका वडा नम्बर ५ पोखरी गाउं बस्ने ५५ वर्षिय भरतबहादुर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तथा सुचना अधिकारी खगेन्द्रवहादुर खड्काले जानकारी दिए ।
घटनापछि शनिवार जिल्ला प्रहरी कार्यालय अभियुत्त छोरालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बाउ छोरा बिच भएको बिबाद बढ्दै जाँदा मदिरा सेवन गरेका छोराले ढोकामा लाउने आग्लोले टाउकोमा प्रहार गरि घांटी थिचि मारेको बताइएको छ ।
त्यस्तै उक्त कार्यमा उनकी श्रीमती संलग्न रहेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ । उनीहरु दुबै जनालाई मुलुकी अपराध संहिता २०७४ ज्यान सम्बन्धि कसूरमा अनुसंधान गर्न जिल्ला अदालत नुवाकोटबाट ५ दिन म्याद लिइ अनुसन्धान भैरहेको छ ।
मृतक नेपालीको शव त्रिशुली अस्पतालमा पोष्टमार्टम पश्चात आफन्तको जिम्मा लगाइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया