नुवाकोटमा आजदेखि जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु हुँदै

विदुर खबर २०८० फागुन ८ गते ११:४६

नुवाकोट । नुवाकोटमा आजदेखि १३ औ जिल्ला जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु हुने भएको छ ।

Advertisement

प्रतियोगिताको उद्घाटन पुर्व युवा तथा खेलकुद मन्त्री तथा नुवाकोट क्षेत्र नम्बर १ का संघिय सांसद हित वहादुर तामाङले गर्ने छन् ।

जिल्ला खेलकुद विकास समिति नुवाकोटको आयोजनामा हुने प्रतियोगिता विदुर नगरपालिका वडा नम्बर ४ को नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा हुने जिल्ला खेलकुद विकास समिति नुवाकोट अध्यक्ष सन्तोष राईले बताएका छन् ।

Advertisement

प्रतियोतिमा भलिबल छात्र, छात्रा दुवै, कबड्डी छात्र, छात्रा दुवै खेल समावेश गरिने छन् । प्रतियोगितामा भलिबल र कबड्डीका आलावा ऐथ्लेक्टीस दौड तर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर,८०० मिटर, १५०० मिटर र ३००० मिटरको छात्र, छात्रा दुवै समावेश गरिएको छ ।

प्रतियोगितामा उफ्रने फ्याँक्ने तर्फ ः हाईजम्प, लमजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो र सटपुट समावेश गरिएको आयोजकले जानकारी दिएका छन् ।

Advertisement

यसैगरी मार्सल आर्ट तफर्का विभिन्न विधाहरु समेत प्रतियोगितामा समावेश गरिएको आयोजकले जानकारी गराएका छन् ।
प्रतियोगिता ३ दिनसम्म सञ्चालन हुने बताईएको छ ।

प्रतिक्रिया