रसुवाको सेतीभुमि माध्यमिक विद्यालयमा पढ्दै र सिक्दै अभियान सुरु
रसुवा । रसुवाको कालिका गाउँपालिका वडा नम्बर १ राम्चेमा रहेको सेती भूमि माध्यमिक विद्यालयमा पढ्दै र सिक्दै अभियान सुरु भएको छ ।
प्रदेश सरकारको नीति अनुसार गुणस्तरीय शिक्षा शैक्षिक रूपान्तरण नवप्रर्वद्वन उद्यमशीलता विकास गरी शैक्षिक संस्थामार्फत सामाजिक रूपान्तरणबाट समृद्ध र सुखी रसुवाली अभियानलाई टेवा पुराउन पढ्दै र सिक्दै अभियान सुरु गरिएको हो ।
पढाइसँगै खाली समयमा पढ्दै सिक्दै अभियान अन्र्तगत १० रोपनी जग्गा भाडामा लिएर विद्यार्थी तथा शिक्षक मिलेर तरकारी खेती आलु ,मुला , फर्सी, गाजर, इस्कुस, बरेला लगाउने खाद्यान्न अन्तरगत मकै,कोदो, जौ आदी उत्पादन गर्ने विद्यालयका प्रधानाध्यापक शिला मगरले जानकारी दिए ।
उत्पादित तरकारी तथा खाद्यान्न विद्यालयमा दिवा खाजा वा होस्टेलमा प्रयोग हुने छ भने बाँकी रहेको बजारमा बेच्न लिने प्रधानाध्यापक मगरको भनाई रहेको छ ।
अहिले रसुवामा आलु लगाउने सिजन भएकोले विद्यार्थी, शिक्षक मिलेर ५ वोरा आलु, ३०० ग्राम मुला लगाइसकेको छ भने बाँकी जग्गामा पनि क्रमशः खेती गरिने छ ।
यसो गर्दा पढाई सँगै व्यवहारिक शिक्षा मिल्छ भन्ने मा आशावादी रहेको अभिभावकहरुले बताएका छन् । एक शैक्षिक संस्था एक उद्यम कार्यक्रम अन्तरगत गरिएको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया