नुवाकोटमा चालक र सहचालकको निशुल्क स्वास्थ्य परिक्षण

विदुर खबर २०८० फागुन २ गते ९:४३

नुवाकोट । राजमार्गमा हुने दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गरेको छ ।

Advertisement

जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटको आयोजना तथा स्टार नुवाकोट अस्पताल प्रालिको प्राविधिक सहयोगमा चालक तथा सहचालकको स्वास्थ्य परिक्षण गरिएको हो ।

अधिकांश दुर्घटना चालककै कमजोरीका कारण भएकाले सवारी चलाइरहेका चालकलाई सडकमै रोकेर स्वास्थ्य परीक्षण गर्ने अभियान थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

यो अभियानले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका जे जंग कार्कीले जानकारी दिए । दिनहुँजसो दुर्घटना भइरहन्छन् । चालककै लापरवाही र स्वास्थ्य अवस्थाका कारण दुर्घटना भएको पाइन्छ,’ उनले भने, नुवाकोटमो थालेको यो अभियानमा सबैले सुरु गर्नसके राजमार्गमा हुने दुर्घटना कम गर्न सकिनेछ ।’

लामो तथा छोटो दुरीका सवारी चालकहरुलाई समय अभावका कारण नियमित स्वास्थ्य परीक्षणमा समस्या देखिएकाले ट्राफिक प्रहरी आफैले बृहत स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

Advertisement

चेकजाँचका क्रममा चालकहरुको प्रेसर, सुगर र आँखा परिक्षण गरिएको थियो । स्वास्थ्य परीक्षण गरिएका चालक तथा सहचालकमध्ये धेरैमा स्वास्थ्य समस्या देखिएको छ । स्वासथ्य परिक्षणको क्रममा झण्डै एकसय जनाभन्दा बढीको स्वास्थ्य परिक्षण गरिएको स्टार नुवाकोट अस्पताल प्रालिका मार्केटिङ म्याजेनर स्वयकृष्ण राजभण्डारीले जानकारी दिए ।

सडकमा चालक र सहचालकको स्वास्थ्य परिक्षण अभियानसँगै जिल्लामा ट्राफिक प्रहरीले विभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै आइरहेका छन् ।

प्रतिक्रिया