नुवाकोटमा ट्राफिक सप्ताह शुरु

विदुर खबर २०८० माघ २६ गते ८:१४

नुवाकोट । नुवाकोटमा बिहिबारदेखि ट्राफिक सप्ताह २०८० शुरु भएको छ ।

Advertisement

नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारबाट शुरु भएको प्रभातफेरि बट्टार वसपार्कमा पुगेर सभामा परिणत भएको थियो । समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रबिक्रम सिंह ठकुरीले ट्राफिक सप्ताहको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय प्रमुख ठकुरीले पछिल्लो समय सडक र्दुघटनामा मृत्यु हुनेको संख्या बढेको भन्दै त्यसलाई न्युनीकरण गर्न सबै सरोकारवालाहरु लाग्नुपर्ने बताए ।

Advertisement

यस्तै कार्यक्रममा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले बजार क्षेत्रमा र्दुघटना बढेको बताए । उनले नगरपालिका सधैँ ट्राफिक प्रहरीहरुसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए ।

कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जिल्लामा सवारीचालकहरुलाई र्दुघटना न्युनीकरण सम्बन्धी अभिमुखीकरण तालिम दिनुपर्ने बताए ।

Advertisement

त्यस्तै जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख संजयसिंह थापाले पछिल्लो समय नुवाकोटको बजार क्षेत्रमा सडकहरु राम्रो भएसँगै र्दुघटनाको दरमा समेत बृद्धि भएको उल्लेख गरे ।

बिहिवारदेखि शुरु भएको ट्राफिक सप्ताह अभियान फागुन ३ गतेसम्म संचालन हुने छ ।

कार्यक्रममा तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङ, पन्चकन्या गाउँपालिकाका अध्यक्ष रमेश तामाङ, म्यागङ गाउँपालिकाका अध्यक्ष आशा तामाङ, शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलिया तथा विदुर नगरपालिकाका वडाध्यक्ष, शिक्षक, विद्यार्थी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया