नुवाकोटकी एक सय २१ वर्षीय बाटुली लामिछानेको निधन

विदुर खबर २०८० माघ २० गते २१:०३
फाईल फोटो ।

नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका–८ निवासी एक सय २१ वर्षीया बाटुली लामिछानेको शुक्रबार निधन भएको छ ।

Advertisement

श्वासप्रश्वासमा समस्या भएसँगै उपचारका क्रममा उनको शुक्रबार घरमै निधन भएको उनका आफन्त उद्धव हुमागाईंले जानकारी दिए । लामिछाने पछिल्लो एक सातादेखि ज्येष्ठ नागरिक लामिछानेलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

ककनी गाउँपालिका र उनको संरक्षण तथा रेखदेखमा सक्रिय बाला फाउन्डेसनले उनको घरमै चिकित्सक ल्याएर उपचार गराउँदै आएको थियो ।

Advertisement

बाटुली लामिछानेको चाहनाअनुसार शुक्रबार राति नै पशुपति आर्यघाटमा अन्तिम संस्कार पनि गरिएको छ । उनलाई ८२ वर्षीय छोरा नेत्रप्रसाद लामिछाने दागबत्ती दिए ।

नेपाली नागरिकताको प्रमाणपत्रअनुसार बाटुली लामिछानेको जन्म विसं १९५९ चैत १० गते भएको हो । उनलाई विश्वकै ज्येष्ठ नागरिक घोषणाका लागि बाला फाउन्डेसनमार्फत आवश्यक पहल भइरहेको थियो ।

Advertisement

प्रतिक्रिया