ककनी गाउँपालिका संस्थागत स्वमुल्याङ्कनमा अब्बल सावित

विदुर खबर २०८० माघ १९ गते २१:५४

नुवाकोट । स्थानीय तह संस्थागत स्वमूल्याङ्कनमा ककनी गाउँपालिका आर्थिक वर्ष २०७९/८० मा अब्बल सावित भएको छ ।

Advertisement

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको १० वटा सूचक र १ सय वटा उपसूचकका आधारमा गरिएको स्वमूल्याङ्कनमा जिल्लामा रहेका १२ ओटा स्थनियतहरुमध्ये  सबैभन्दा बढी अंक हासिल गरि ककनी गाउँपालिका पहिलो भएको हो । स्थानिय तहको स्वमुल्याङ्कनमा ककनी गाउँपालिकाले ८२.७५ अंक हासिल गरेको हो ।

त्यस्तै दुप्चेश्वर गाउपालिका ८० अंक ल्याएर दोस्रो बन्दा किस्पाङ गाउपालिका ७७, पन्चकन्या गाउपालिका ७६.५ र तादी गाउपालिका ७१.५ प्राप्त गरेको छ ।

Advertisement

यस्तै बेलकोटगढी नगरपालिका ७०.७५, सुर्यगढी गाउपालिका ७०, शिवपुरी गाउपालिका ६५.२५, लिखु गाउपालिका ६२.२५, बिदुर नगरपालिका ६१.२५, मेघाङ गाउपालिका ५५.२५ र तारकेश्वर गाउपालिकाले ५४.२५ अंक प्राप्त गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन  मन्त्रालयले स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धिबारे लेखाजोखा गरी सबल तथा दुर्वल पक्षको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमी कमजोरीको जानकारी लिन, आवधिक समीक्षाका लागि आधार प्राप्त गर्न र गाउँपालिका तथा नगरपालिकाबीचमा तुलनायोग्य सूचक तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८० को प्रयोजनका लागि स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि बनाएको थियो ।

Advertisement

मन्त्रालयको कार्यविधिअनुसार शासकीय प्रबन्धतर्फ नौ, संगठन तथा प्रशासनतर्फ आठ, वार्षिक बजेट तथा योजना व्यवस्थापनतर्फ ११, वित्तीय एवं आर्थिक व्यवस्थापनतर्फ ११, सेवा प्रवाहतर्फ १६, न्यायिक कार्य सम्पादतर्फ सात, भौतिक पूर्वाधारतर्फ सात, सामाजिक समावेशीकरणतर्फ १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनतर्फ नौ र सहकार्य तथा समन्वयतर्फ छ कुल भार निर्धारण गरिएको छ ।

 

प्रतिक्रिया