शुभ–प्रभात बचत तथा ऋण सहकारीको अध्यक्षमा श्रेष्ठ दोहोरिए
विदुर खबर
२०८० पुष १४ गते १९:५४

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ इन्द्रचोकमा रहेको शुभ–प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुन महेन्द्र लाल श्रेष्ठ दोहारिएका छन् ।
आज भएको अधिवेशनले श्रेष्ठको नेतृत्वमा ९ सदस्यीय कार्य समिति चयन गरेको हो । सहकारीको उपाध्यक्षमा धुव्रवहादुर थापामगर रहेका छन् भने सचिवमा श्याम नारायण डंगोल र सहसचवमा रमेश विश्वकर्मा रहेका छन् ।
त्यस्तै कोषाध्यक्षमा रामराजा श्रेष्ठ चयन भएका छन् । अध्यक्षदेखि कोषाध्यक्षसम्म सबै दोहोरिएका हुन् ।
सम्बन्धित
प्रतिक्रिया