महिला बलात्कार गरेको कसुरमा धादिङमा एकजनालाई ८ वर्ष कैद
विदुर खबर
२०८० पुष १३ गते २१:२९
४५ वर्षीया एक महिला बलात्कार गरेको कसुरमा गजुरी गाउँपालिका- १ का आईमान सिंह तामाङलाई जिल्ला अदालत धादिङले ८ वर्षको कैद गर्ने फैसला गरेको छ ।
जिल्ला न्यायाधीश गोपाल प्रसाद बास्तोलाको बिहीबार ईजलनसले कसुर कायम गर्दै ८ वर्षको कैद गरी ३ लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिए ।
जरिवाना बापतको रकम पीडितलाई क्षतिपूर्ति दिन फैसलामा उल्लेख छ । कसुरदार तामाङले महिलालाई ०७९ चैत १४ गते बलात्कार गरेको र सोही दिन इलाका प्रहरी कार्यालय गजुरीले गिरफ्तार गरेको थियो ।
पी
डितको स्वास्थ्य परीक्षण चैत १४ गते धादिङ अस्पतालमा भएको थियो । आरोपित विरुद्ध ०८० वैशाख १० गते जिल्ला अदालतमा मुद्दा दर्ता, भएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया