खड्काद्धारा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

विदुर खबर २०८० पुष १२ गते २०:०८

नुवाकोट । नेकपा एमालेका युवा नेता तथा समाजसेवी शुशिल खड्काले विद्यार्थीहरुलाई न्यानो कपडा (स्विटर) वितरण गरेका छन् ।

Advertisement

बिहिबार शिवपुरी गाउँपालिका वडा नम्बर ७ सुनखानीमा रहेको श्री ग्रामीणदेबि माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई खड्काले न्यानो कपडा (स्विटर) वितरण गरेका हुन् । उनले विद्यालयका एकसय १५ जना विद्यार्थीहरुलाई स्विटर वितरण गरेको जानकारी दिए ।

उनले चिसो बढीरहेको बेला स–साना नानीहरुलाई चिसो बढीरहेको बेला सहयोग गर्न पाएको भन्दै खुशी व्यक्त गरे । खड्काले न्यानो कपडाले विद्यार्थीलाई विद्यालयमै आएर अध्ययन गर्न सहयोग पुग्ने विश्वास गरेका छन् ।

Advertisement

खड्काले एक साता अघि शिवपुरी गाउँपालिका वडा नम्बर ५ नेपानेका क्रियाशिल महिला समुहको भवन निर्माणको लागि भन्दै व्यतिगत रुपमा एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका थिए ।

गत वर्ष मंसिरमा सम्पन्न निर्वाचनमा खड्का नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश क बाट प्रदेशसभा सदस्यको प्रत्याशी रहेका थिए । खड्काले चुनावमा गरेको बाचा पुरा गरिरहे पनि सो क्षेत्रबाट निर्वाचित प्रदेश र संघमा निर्वाचित सांसदहरुले काम गर्न नसकेको स्थानियहरुले गुनासो गरेका छन् ।

Advertisement

यसअघि खड्काले नुवाकोटको विभिन्न स्थानमा रहेका असहाय, गरिव र फरक क्षमता भएका व्यक्तिहरुलाई विविध किसिमको आर्थिक सहयोग गरिसकेका छन् ।

प्रतिक्रिया