ढुङ्गेमा स्कारपियोले ठक्कर दिँँदा तीनजना घाइते
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ ढुङ्गेमा स्कारपियोले ठक्कर दिँदा तीनजना घाइते भएका छन् ।
सोमवार दिउँसो नुवाकोटको बट्टारबाट रसुवातर्फ गईरहेको रसुवाको आमाछोदिङमो गाउँपालिकाको बा २ झ ३७८७ नम्बरको स्कारपियोले ठक्कर दिँदा तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
स्कारपियोको ठक्करबाट घाइते हुनेमा नवाकोटको विदुर १ ढुङ्गेका उमेथ थपलिया, विमला ढकाल र म्यागङ गाउँपालिकाका ३० वर्षिय विरवहादुर तामाङ रहेका छन् । उनीहरु बसीरहेको स्थानमा आएर स्कारपियोेले ठक्कर दिएको बताइएको छ ।
स्कारपियो अनियन्त्रित भएर र्दुघटना भएको प्रहरीले प्रारम्भीक जानकारी दिएको छ ।
घाइतेमध्ये थपलिया र ढकाल त्रिशुली अस्पतालमा सामान्य उपचारपछि घर फर्किएका छन् भने तामाङलाई थप उपचारको लागि काठमाण्डौको ग्रान्डी अस्पताल लगिएको छ । उनको कम्मरमा समस्या दखिएको प्रहरीले जनाएको छ ।
र्दुघटनापछि स्कारपियोे चालक समेत आफै रहेका रसुवाको आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ र स्कारपियोलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया