नबिल बैंकले नुवाकोटको दुई स्थानको गैह्र बैंकिङ सम्पत्ति बिक्री गर्ने
नुवाकोट । नबिल बैंकले नुवाकोटसहित विभिन्न २५ जिल्लामा रहेका गैह्र बैंकिङ सम्पत्ति लिलाम गर्ने प्रक्रिया सुरु गरेको छ ।
बैंकलेले नुवाकोटको दुई स्थानसहित काठमाण्डौ, ललितपुर, झापा,धनुषा, बारा, सप्तरी, सिराहा लगायत विभिन्न २५ स्थानमा रहेको घर जग्गा बिक्री गर्न लागेको हो ।
बैंकले नुवाकोटको साविक त्रिशुली गाविस वडा नम्बर १ को कित्ता नम्बर १४४० र १५५३ नम्बरको जग्गा विक्री गर्न लागेको हो । त्यस्तै साविक कल्याणपुर गाविसको २९,३०, ३४ र १००६ नम्बर कित्ता विक्रीमा राखेको छ ।
बैंकले आफ्नो स्वामित्वमा रहेका गैह्र बैंकिङ सम्पत्ति जे जस्तो अवस्थामा छ सोहि अवस्थामा बोलपत्रमार्फत् बिक्री गर्न लागेको हो ।
उक्त सम्पत्ति खरिद गर्न चाहने इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संघ संस्थालाई बैंकले तोकेको शर्तको अधिनमा रही आफुले के कति मूल्य तिरी लिन चाहेको हो त्यो खुलाएर १५ दिन भित्र कर्जा असुली विभाग बिजुली बजार, काठमाण्डौमा शीलबन्दी बोलपत्र पेश गर्न पनि कम्पनीले सूचनामा भनेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया