बट्टार हावाघरमा मदन आश्रित स्मृति पुस्तकालय संचालनमा

विदुर खबर २०८० पुष ७ गते १५:१२

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टार हावाघरमा आजदेखि पुस्तकालय संचालनमा आएको छ ।

Advertisement

मदन आश्रित स्मृति प्रतिष्ठान नुवाकोटले “मदन आश्रित स्मृति पुस्तकालय” संचालन ल्याएको छ । पुस्तकालयको नेकपा एमालेका नेता तथा मदन भण्डारी फाउन्डेसनका अध्यक्ष महेद्रवहादुर पाण्डेले गरेका हुन् ।

पुस्तकालयको उद्घाटन गर्दै मदन भण्डारी फाउन्डेसनका अध्यक्ष महेद्रवहादुर पाण्डेले पछिल्लो समय मानिसहरुमा अध्ययन गर्ने क्रम घटिरहेका बेला पुस्तकालय स्थापनाले पठन संस्कृतिको विकासमा टेवा पुराउने विश्वास व्यक्त गरे ।

Advertisement

उनले पुस्तकालय खुल्नु मात्र ठूलो नभई त्यसले निरन्तर पाठक पाउँछ कि पाउँदैन भन्ने महत्वपूर्ण कुरा भएको बताए । पाण्डेले पुस्तकालयमा पाठकको लगाब बढाउने वातावरण बनाउन आग्रह गरे ।

त्यस्तै कार्यक्रममा नेकपा एमालेका स्कुल विभागका सचिव घनश्याम कोइरालाले कुनै पनि समाजको सभ्यता, संस्कृति एवम् संस्कारको सर्म्वद्धनका लागि भाषा एवम् साहित्यको अत्यन्त महत्त्वपूर्ण योगदान हुने बताउँदै त्यो सबै पुस्तकालयबाट पाउन सकिने बताए ।

Advertisement

यस्तै कार्यक्रममा नेकपा एमाले नुवाकोटका नेता नारायणप्रसाद खतिवडाले ज्ञान संसारकै शक्तिशाली हतियार भएकोले यस पुस्तकालयले ज्ञानको सञ्चार राम्रोसँग गर्ने विश्वास व्यक्त गरे । उनले बट्टारको हावाघर पछिल्लो समय सदरमुकामको नि मुकाम रहेकोले हावाघरमा पुस्तकालय संचालन हुनु आफैमा सुखद पक्ष रहेको बताए ।

झण्डै २८ लाख रुपैयाँको लगानी निर्माण गरिएको पुस्तकालय आफ्नै भवनबाट संचालनमा आएको हो । यो सँगै नुवाकोटमा सार्वजिनक पुस्तकालयको संख्या दुई पुगेको छ ।

यसअघि समाज सचेतन केन्द्रले विदुरमा सचेतन पुस्तकालय सचालन गरिरहेको छ ।

पुस्तकालय उद्घाटन कार्यक्रममा नेकपा एमाले नुवाकोटका नेताहरुका साथै विदुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष दिपक कायस्थ, वडा नम्बर ४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेल र वडा नम्बर ६ का वडाध्यक्ष श्यामकृष्ण चालिसेको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया