बालिकालाई यौनजन्य कार्यमा लगाएको अभियोगमा नुवाकोटका एक जना पक्राउ
विदुर खबर
२०८० पुष ६ गते १७:०१
नुवाकोट । बालबालिका यौनजन्य कार्यमा लगाएक अभियोगमा एक जना प्रकाउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोटको तादी गाउँपालिका वडा नम्बर ६ घर भइ हाल टोखा नगरपालिका–९ नयाँबसपार्क बस्ने २४ वर्षीय सुमन तामाङ छन् । बालिकाहरुलाई ललाइफकाइ वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको सूचना पाएपछि मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहलको टोली गएको थियो ।
प्रहरीले ४ जना बालिकाहरुलाई उद्धार गरी सुमनलाई पक्राउ गरेको हो । उद्धार गरिएका बालिकालाई ५ महिनादेखि होटल÷गेष्ट हाउसमा राखेर जबरजस्ती शारीरिक सम्पर्क राख्न बाध्य पार्ने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया