अन्तर्घातीलाई कारबाही गर्न पाइँदैन भन्छन् : देउवा
विदुर खबर
२०८० पुष ३ गते ८:१३
नुवाकाेट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गर्न सहयोग नपाएको गुनासो गरेका छन् ।
चुनावमा कांग्रेसमा खुट्टा तान्ने प्रवृत्ति रहेको उनले सुनाए । ‘पार्टीमा घात अन्तर्घात पनि छ । खुट्टा तानातान पहिलेदेखि भएकै हो’, कांग्रेसको नुवाकोट जिल्ला सम्मेलनमा देउवाले भने,‘पार्टीलाई सुधार्नु छ । अन्तर्घातीलाई कारबाही गरौ भन्दा कारबाही गर्न पाइदैन भन्छन् ।’
अहिलेको निर्वाचन प्रणालीका कारण एउटा मात्र पार्टीको बहुमत नआउने भन्दै देउवाले चुनावअघिको गठबन्धन बाध्यता भएको बताए ।
‘निर्वाचन प्रणाली नै त्यस्तै बनाइएको छ । अहिलेको संविधानको समावेशी समानुपातिक जुन किसिमको बाँडफाँड छ’, देउवाले भने, ‘सबैलाई प्रतिनिधित्व गराउने संविधान छ । तर, कुनै एक पार्टीको बहुमत हुनसक्दैन ।’
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया