समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्छ : केसी
नुवाकोट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्रि अर्जुननरसिंह केसीले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने बताएका छन् ।
सोमवार प्रेस युनियन नुवाकोटले केसी निवास विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था खारेज गर्ने र समानुपातिक प्रतिनिधित्व गर्नै पर्ने अवस्थामा निर्वाचनका माध्यमबाट गर्नुपर्ने व्यवस्था मिलाउनुपर्ने समेत बताएका छन् ।
केसीले नेपालको संघ र प्रदेसहरुमा सांसद संख्या धेरै रहेको भन्दै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको संख्या ५० प्रतिशत घटाउनुपर्ने बताएका छन् । नेता केसीले निर्वाचन प्रणाली धेरै खर्चिलो भएको भन्दै यसमा परिमार्जन गर्नुपर्नेमा समेत जोड दिए ।
उनले छिमेकी मुलक भारतमा २२ लाख जनसंख्या बराबर एक जना सांसद रहेको भन्दै नेपालको राष्ट्यि परिस्थित अनुसार खर्च कटौती गरेर आर्थिक मितव्ययिता कायम गर्नका लागि सांसदहरुको संख्या घटाउन आवश्यक रहेको बताए ।
उनले मुलुकको अहिलेको अवस्थामा राष्ट्यि राजनीतिक दलहरुबीच आपसी एकता कायम गर्नुपर्नेमा जोड दिए । केसीले पार्टी विधानको पनि संशोधन गर्नुपर्नेमा जोड दिँदै सामुहिक पद्धतिको नाममा पार्टी सभापतिय पद्धति थापित भए त्यसको कुनै अर्थ नहुने उल्लेख गरे ।
नेता केसीले सरकारमा कांग्रेसको सहभागिता भएपनि जनताकाबीच कांग्रेसको उपस्थिति नदेखिएको समेत बताएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया