महाकाली कुखुरे-मानेभन्ज्याङ-दुप्चेश्वर सडक शिलान्यास

विदुर खबर २०८० मंसिर २२ गते १९:०६

नुवाकोट । नुवाकोटको पूर्वीभेग सिधा जोड्ने गुर्जेभन्ज्याङ-मानेभन्ज्याङ- दुप्चेश्वर सडकु शिलान्यास गरिएको छ ।

Advertisement

वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले बिहीबार ुगुर्जेभन्ज्याङ(मानेभन्ज्याङ( दुप्चेश्वर सडकु अन्तर्गत महाकाली कुखुरे-मानेभन्ज्याङ-दुप्चेश्वर खण्ड शिलान्यास गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दुलालले सडक निर्माण समयमै सम्पन्न हुनेमा विश्वस्त हुँदै सम्झौता अवधिभन्दा चाँडो काम सकेमा निर्माण व्यवसायी पुरस्कृत हुने बताए ।

Advertisement

उनले वाग्मती प्रदेश सरकारबाट यसअघि लगाएका ठेक्काहरु पनि समयमै काम सकाउन पहल लिइरहेको बताउँदै काम नसकाए ठेक्का तोड्ने चेतावनी दिए । उनले सडक निर्माणमा गुणस्तर भएन भने कसैको मुख नहेरी कारबाही स्वरुप पुनस् बनाउन लगाउनुपर्नेमा पूर्वाधार विकास कार्यालयको ध्यानाकर्षण गराए ।

त्यस्तै बाग्मति प्रदेशसभा सदस्य एवं निवर्तमान उपसभामुख राधिका तामाङले ुगुर्जेभन्ज्याङ(मानेभन्ज्याङ(दुप्चेश्वर सडकु चाँडो पूर्णता दिएर दुप्चेश्वर र शिवपुरी गाउँपालिकाका जनतालाई काठमाडौंसम्मको पहुँच सहज बनाउने आफ्नो लक्ष्य रहेको बताइन् ।

Advertisement

गुर्जेभन्ज्याङ(मानेभन्ज्याङ(दुप्चेश्वर सडकुको दोस्रो खण्ड ८ किलोमिटेर शिलान्यास गरिएको उनको भनाइ छ । सडक निर्माण व्यवसायीले छिटो र छरितो रुपमा सकाउन ध्यानाकर्षण गराउँदै उनले गुणस्तरमा भने सम्झौता नगरिने बताइन् ।

त्यस्तै दुप्चेश्वर गाउँपालिका अध्यक्ष शंकरबहादुर थापाले सडक गुणस्तरीय बन्ने आशा व्यक्त गरे । शिलान्यास गरिएको खण्डमा ८।७६ किलोमिटर स्तरोन्नति हुनेछ ।

जसका लागि ४० करोड ४१ लाख २२ हजार ७५८ रुपैयाँमा पीआर कन्ट्रक्सन ललितपुरले निर्माणको जिम्मा लिएको छ । तर, चालु आर्थिक वर्षमा भने १२ करोड रकम विनियोजन गरिएको छ ।

प्रतिक्रिया