नुवाकोटमा समाजवादी मोर्चा गठन, ३० गते सन्देश सभा गर्ने
नुवाकोट । समाजवादी मोर्चा नेपालले नुवाकोटको विदुरमा मङ्सिर ३० गते शनिबार सन्देश–सभा गर्ने भएको छ ।
मोर्चाको एक घटक नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय परिषद् सदस्य यमकुमार खातीले सन्देश–सभा हुने जानकारी दिएका हन् ।
गत मङ्सिर १६ गते समाजवादी मोर्चा नेपाल नुवाकोटको पहिला बैठक समाजवादी मोर्चा नेपाल बागमती प्रदेश सचिवालय सदस्य माइला लामाको पम्रखु आतिथ्यतामा र नेपाल कम्युनिस्ट पार्टी नुवाकोट जिल्ला इन्चार्ज निर्देश सिंहको अध्यक्षतामा जिल्लामा क्रियाशील समाजवादी मोर्चा नेपालमा आबद्ध घटकका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा सम्पन्न भएको थियो ।
बैठकले समाजवादी मोर्चालाई सशक्त ढङ्गले अगाडि बढाउने निर्णयसमेत गरेको छ । नुवाकोटमा समाजवादी मोर्चामा नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी सम्मिलित रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया