नुवाकोटका उत्कृष्ट चार करदाता सम्मानित
नुवाकोट । करदाता सेवा कार्यालय गल्छीले गत आर्थिक वर्षमा नुवाकोटबाट सबैभन्दा बढी कर तिर्ने चार करदातालाई सम्मान गरेको छ ।
बिहीबार गल्छीमा आयोजित १२ औं राष्ट्रिय कर दिवस २०८० का अवसरमा आयोजित कर सप्ताह समापन कार्यक्रममा जिल्लाबाट सबैभन्दा बढी कर तिर्ने विभिन्न क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान गरिएको हो ।
नुवाकोटबाट सम्मानित हुनेमा उद्योगतर्फ हाम्रो अक्सिजन प्रालि, व्यापारतर्फ स्पीड अटो इन्टरप्राइजेज, शैक्षिकतर्फ अर्किड एकेडेमी र वित्तीयतर्फ दुईपिपल महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड रहेका छन् ।
यस्तै, धादिङका उद्योगतर्फ आरआर फर्म प्रालि, व्यापारतर्फ विके इन्टरप्राइजेज्, शैक्षिकतर्फ चिल्ड्रेन पार्क एकेडेमी र वित्तीयतर्फ भैरवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सबैभन्दा बढी कर तिरेको भन्दै सम्मानित भएका छन् ।
गत आर्थिक वर्ष ०७९÷८० मा उद्योग, व्यापार, शैक्षिक र वित्तीय क्षेत्रका सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता संस्थालाई सम्मान गरिएको कार्यालयका प्रमुख शिखा वाग्लेले बताइन् । उनले कर सप्ताहमा गल्छी गाउँपालिकामा प्रभातफेरी र धुनेबेंसी नगरपालिकामा कर शिक्षा कार्यक्रम समेत संचालन गरिएको बताइन् ।
कार्यक्रममा नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ लागायत अन्य व्यवसायी र सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया