वि मार्टको दशैँ–तिहार लक्कि ड्र को विजेता घोषणा
नुवाकोट । नुवाकोटको पहिलो मार्टको रुपमा स्थापना भएको वि मार्ट प्रा. लिले दशैँ–तिहार लक्कि ड्र उपहार योजनाको विजेता घोषणा गरेको छ ।
बुधवार एक कार्यक्रमको आयोजना गरेर वि मार्ट प्रालिले लक्कि ड्र को विजेता घोषणा गरेको हो ।
जसअनुसार रसवा कालिकास्थानका शेषमान गुरुङले पहिलो पुरस्कार फ्रिज प्राप्त गरेका छन् । भने दोस्रो पुरस्कार विदुर ९ कोलनीकी सोमति तामाङले माइक्रो ओभन हात पारेकी छिन् । त्यस्तै तेस्रो पुरस्कार बट्टारका निश्चल पनेरुले इन्डक्सन चुलो प्राप्त गरेका छन् ।
यस्तै चौथो पुरस्कार स्ट्यान्ड फ्यान दुई जनाले हात पारे । जसमा सोनिका श्रेष्ठ बट्टार र रसुवा मैलुङको डुसान कम्पनि रहेको छ । पाँचौ पुरस्कार बापत बट्टारकी आइतमाया तामाङ र कोलनीका अन्ना तामाङले राइसकुकर हात पारे । त्यस्तै सान्वना पुरस्कार निर्मला गुरुङ, विजय तामाङ, कमला आचार्य, मन्जु चित्रकार, जनक पाण्डे, रेम्बो तामाङ, प्रसन पाण्डे, कुसुङ तामाङ, जेनी सुनुवार र मेन्जुङ तामाङले हात पारे ।
चिठ्ठा कार्यक्रममा १४ हजारभन्दा बढीको सहभागिता रहेको वि मार्ट प्रालिका म्यानेजिङ डाइरेक्टर भिम बहादुर तामाङले विदुर खबरलाई जानकारी दिए ।
यसअघि कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै विदुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष निवमबाबु ढुङ्गेलले जिल्लाकै पहिलो मार्टको रुपमा वि मार्टको स्थापना भएको भन्दै यसको सेवा सबैले लिनुपर्ने बताए । उनले व्यस्त जीवनशैली भएका मानिसकाहरुको लागि सबै सामान एकै छानमुनि पाउन सकिने भएकोले समय बचत हुने बताए ।
कार्यक्रममा वि मार्ट प्रालिका म्यानेजिङ डाइरेक्टर भिम बहादुर तामाङले व्यवसायसँगसँगै सामाजिक उत्तरलदायित्वका कामहरु समेत आफुहरले गरिरहेको जानकारी दिए ।
विदुर नगरपालिकाको वडा नम्बर ९ कोलनी र वडा नम्बर ४ को बट्टार वसपार्कमा संचालरत मार्टले दशै–तिहार लक्कि ड्र उपहार योजना अन्र्तगत यहि असोज १५ गतेदेखि मंसिर ५ गतेसम्म एक हजार रुपैयाँभन्दा बढीको सामान खरिद गर्नेलाई लक्कि ड्रमा समावेश गरेको थियो ।
नुवाकोटमा २०७६ सालमा स्थापना भएको वि मार्टले ग्राहकको मन जित्दै आएको छ । वि मार्टले जिल्ला भित्र स्थानिय रुपमा उत्पादन भएका सामानहरुलाई प्राथमिकता दिएर झण्डै ३ दर्जन व्यत्तिहरुलाई रोजगारीको अवसर समेत प्रदान गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया