रसुवागढी हाइड्रोपावर १ करोड ५३ लाख घाटामा
नुवाकोट । रसुवागढी हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ५३ लाख रुपैयाँ नोक्सान व्यहोरेको छ ।
चालु आर्थिक वर्षको असोजसम्ममा कम्पनीको ९८ लाख २६ हजार रुपैयाँ सञ्चालन खर्च घाटामा रहेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनी ९६ लाख ४३ हजार रुपैयाँ सञ्चालन घाटामा रहेको थियो । जसले गर्दा यस वर्ष पनि कम्पनीको पर्फमेन्स् कमजोर बन्न पुगेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी ६ अर्ब ८४ करोड २१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ३५ करोड १३ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ९० पैसा ऋणात्मक छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनी ९६ लाख ४३ हजार रुपैयाँ सञ्चालन घाटामा रहेको थियो । जसले गर्दा यस वर्ष पनि कम्पनीको पर्फमेन्स् कमजोर बन्न पुगेको हो ।
गत वर्ष यसको प्रतिसेयर आम्दानी १ रुपैयाँ ०४ पैसा ऋणात्मक थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ ९४ रुपैयाँ ८७ रुपैयाँ छ । हाल यस कम्पनी अन्तर्गत रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिकामा १११ मेगावाट क्षमता भएको रसुवागढी जलविद्युत आयोजनाको निर्माण कार्य भइरहेको छ ।
यसको ९७ प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया