प्रहरीलाई दुर्व्यवहार गर्ने नुवाकोटका सुवास पक्राउ
नुवाकोट । नुवाकोटको सुर्यगढी गाउँपालिकाका सुवास कुवर मादक पदार्थ सेवन गरि सवारी चलाएको आरोपमा पक्राउ परेका छन् ।
बिहिवार टोखा–छहरे–गंगटे–बिदुर सडक खण्ड अन्र्तगत पर्ने लिखु गाउँपालिका वडा नम्बर ६ फगटेमा विपरित दिशाबाट आइरहेको बा ७७ प ७८८ नम्बरको स्कुटीलाई कुवरले चलाएको माइक्रो वसले ढक्कर दिएको थियो ।
माइक्रोको ठक्कर दिँदा स्कुटीमा सवार सुर्यगढी गाउंपालिका वडा नम्ब ५ बस्ने सुशिला तामाङ घाइते भएकी थिइन् । सुशिला सामान्य उपचारपछि घर फर्किएकी छिन् ।
सवारी चालक कुवरले मदिरा सेवन गरि दुर्घट्ना गराएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । माइक्रो चालक कुवरले प्रहरीले सोधपुछ गर्ने क्रममा प्रहरीलाई नै दुर्व्यवहार गरेका थिए ।
लगत्तै उनलाई पक्राउ गरि शुक्रवार मुलुकी अपराध संहोता २०७४ को अभद्र व्यवहार कसूर अन्तर्गत दिन (७) म्याद थप गरि अनुसंधान शुरु बढाइएको जिल्ला प्रहरीक कार्यालय नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया