आशा लघुवित्तको खुद नाफा २ करोड ऋणात्मक
नुवाकोट । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
विवरण अनुसार गत आर्थिक वर्षको असोज मसान्तसम्ममा धनात्मक रहेको लघुवित्तको खुद नाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ऋणात्मक भएको छ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तको खुद नाफा २ करोड ६४ लाख रुपैयाँ ऋणात्मक भएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा १ करोड ८६ लाख रुपैयाँ धनात्मक रहेको थियो।
लघुवित्तको खुद ब्याज आम्दानी सामान्य मात्र घटेपनि इन्पेरमेन्ट चार्ज र खर्च बढेका कारण खुद नाफा ऋणात्मक हुन पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५.७५ प्रतिशत घटेको छ भने खुद फि तथा कमिसन आम्दानी ३५.७६ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको अन्य सञ्चालन आम्दानी ०.३६ प्रतिशत घटेको छ।
लघुवित्तको निष्क्रिय कर्जा समीक्षा अवधिमा ४.६५ प्रतिशतबाट बढेर ४.९६ प्रतिशत पुगेको छ। यद्यपि, लघुवित्तले इम्पेरमेन्ट चार्जबापत १ करोड २० लाख रुपैयाँ छुट्याएको छ। यसका साथै लघुवित्तको कर्मचारी खर्च ३ करोड ७९ लाख रुपैयाँबाट बढेर ७ करोड ४ लाख रुपैयाँ र अन्य सञ्चालन आम्दानी १ करोड ५८ लाखबाट बढेर २ करोड ८६ लाख रुपैयाँ पुगेको छ। जसका कारण गत आर्थिक वर्षको पहिलो तीन महिनामा धनात्मक रहेको लघुवित्तको सञ्चालन मुनाफा र खुद नाफा दुबै, चालु आर्थिक वर्षको सोही अवधिमा ऋणात्मक हुन पुगेको छ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि ऋणात्मक भएको छ। असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ४७ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ ९८ पैसा रहेको छ।
६४ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २६ करोड २० लाख रुपैयाँ सञ्चित छ। लघुवित्तको जगेडा कोष समीक्षा अवधिमा ८.२२ प्रतिशत घटेको हो। असोज मसान्तसम्ममा लघुवित्तले ८ अर्ब ५३ करोड ९१ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ९ अर्ब १० करोड १३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया