नुवाकोटमा राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने
विदुर खबर
२०८० कार्तिक २४ गते १४:४७
नुवाकोट । नुवाकोटमा राती ९ बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले शुक्रवार एक सुचना जारी गर्दै राती ९ बजेसम्म मात्र देउसी भैलो खेल्न सकिने बताएको हो ।
नुवाकोटको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले राती ९ बजेसम्म मर्यादित भएर देउसीभैलो खेल्न सकिने जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी पौडेलले तिहारमा भुइचम्पा, पटाका र आतिसबाजीस्ता विस्फोटक पदार्थको प्रयोगले आगलागी र जनधनको क्षति हुने भएकोले ओसारपसार र विक्रि वितरणमा रोक लगाएको बताए ।
त्यस्तै जुवा, तास लङ्गुबर्जा लगायतका खेल खेलाउन समेत प्रतिबन्ध लगाइएको छ । कानुन विपरितको काम गरेमा जो सुकैलाई कारवाही गरिने पनि जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया