त्रिशुली जलविद्युत कम्पनीले शेयर सूचीकरणको लागि नेप्सेमा कागजात बुझायो
नुवाकोट । जनताको जलविद्युत कार्यक्रम अन्तर्गत आईपीओ निष्काशन गरेको त्रिशुली जलविद्युत कम्पनीको आईपीओ तिहार पछाडी नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत हुने भएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत आनन्द ढुंगेलले तिहारपछि शेयर सुचिकृत हुने बताएका हुन् । सीईओ ढुंगेलले दशैँ अगाडी नै नेप्सेमा शेयर सूचीकरणको लागि आवेदन दिईसकेको र नेप्सेबाट केहि थप कागजात माग भएकोले तिहार लगत्तै ति कागजात बुझाईने र त्यसपछि शेयर सूचीकरण हुने बताए ।
आईपीओको लागि अंकित मूल्यको बाँकी रहेको ९० प्रतिशत रकम माग गरेको समयमा पूर्ण रुपमा आवेदन नपरेकोले शेयर सूचीकरणमा ढिलाई भएको उनले बताए । कम्पनीले २०७५ चैत्रमा प्रति सेयर एक सय रुपैयाँ अंकित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र संकलन गरेको थियो ।
कम्पनीले बाँकि ९० रुपैयाँको लागि २०७९ असोज ४ देखि १०७९ कार्तिक १७ गतेसम्म आवेदन खुलाएको थियो । २०७५ मा १० रुपैयाँ तिरेर आईपीओ खरिद गरेका सबै लगानीकर्ताले २०७९ मा बाँकि ९० रुपैयाँको लागि आवेदन नदिएपछि शेयर सूचीकरणमा ढिलाई भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत ढुंगेलले बताए ।
उनका अनुसार करिब ७ करोड रकम जतिको आवेदन परेको थिएन । यो शेयर आम सर्वसाधारण कै हकको शेयर भएकोले उनीहरुले आवेदन दिउन् भन्ने उदेश्यले म्याद थप गर्नको लागि कोशिस गरिएकोले सूचीकरणमा ढिलाई भएको हो । म्याद थपको लागि नियामक निकायमा समन्वय गर्दा म्याद थप सम्भव नभएपछि अब जति आवेदन आएको छ त्यसकै आधारमा शेयर सूचीकरण गराउनको लागि नेप्सेमा कागजात बुझाएको उनले बताए ।
७ करोड बाहेकको शेयर सूचीकरण प्रक्रिया अगाडी बढिसकेकोले तिहार लगत्तै शेयर सूचीकरण हुने उनले बताएका छन् । शेयर सूचीकरण भए लगत्तै कारोबार गर्न सकिने छ । कम्पनीले २०७५ को चैतमा सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता (कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएको समेत) सेयर निश्कासन गरी प्रति सेयर एक सय रुपैयाँ अंकित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र संकलन गरेको थियो ।
प्रति कित्ता १० रुपैयाँको दरले खरिद गरिएको शेयर भने TVCL सिम्बलमा लगानीकर्ताको मेरोशेयर खातामा आईसकेको छ । कम्पनीको सेयर बाँडफाँडमा सेयर पाई प्रतिकित्ता १० रुपैयाँ बुझाएका जम्मा १ लाख ५४ हजार ५ सय ५९ जना सर्वसाधारण सेयरधनीले २०७९ असोजमा प्रतिकित्ता बाँकी ९० रुपैयाँ बुझाउनु पर्ने थियो । त्यस समय ७ करोडको आवेदन नपरेको कम्पनीले जनाएको छ।
कम्पनीले रसुवा र नुवाकोटको सिमानामा ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
आयोजनाको कुल अनुमानित लागत निर्माण अवधिको व्याज बाहेक ७ अर्ब ४४ करोड ५६ लाख ४८ हजार रुपैयाँ रहेको छ । आयोजना प्रगति करिब ७० प्रतिशत सम्पन्न भएको र आगामी १ वर्ष भित्रमा विद्युत उत्पादन लक्ष्य कम्पनीको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया