उन्नति सहकार्य लघुवित्तको एफपीओ खुल्यो
![](https://www.bidurkhabar.com/wp-content/uploads/2023/11/fpo.png)
नुवाकोट ।उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ (फर्दर पब्लिक अफरिङ) मंगलबारदेखि खुलेको छ ।
संस्थाले अंकित मूल्य १०० दरले एक लाख ७८ हजार ४५१ कित्ता सेयर सर्वसाधारणमा निस्कासन गरेको हो । न्यूनतम १० र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
साविकको उन्नति लघुवित्त वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएपश्चात उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था बनेको हो ।
कम्पनीले सर्वसाधारण समूहको सेयर हिस्सा ३० प्रतिशत नपुगेकाले एफपीओ जारी गर्न लागेको हो । कुल चुक्ता पुँजी २२ करोड ९० लाख २० हजार ६१८ रुपैयाँको २४.५५ प्रतिशत अर्थात् ५ करोड ६२ लाख १४ हजार ६०२ रुपैयाँको सेयर मात्रै सर्वसाधारण समूहको छ ।
यसलाई ३० प्रतिशत पुर्याउन कम्पनीले १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ बराबरको सेयर सर्वसाधारणमा निस्कासन गर्न लागेको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया