तस्करी रोक्न रसुवाका सुरक्षाकर्मीलाई तालिम
रसुवा असोज ८, सवारीसाधनबाट हुने चोरी/तस्करी रोक्न सुरक्षाकर्मीलाई तालिम दिइएको छ । ‘फल्स बटम’ बनाएर चोरी/तस्करी हुने क्रम बढेपछि रसुवागढी नाकामा खटिने सुरक्षाकर्मीलाई तालिम दिइएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए ।
लाङटाङ राष्ट्रिय निकुञ्ज र जिल्ला प्रशासन कार्यालयले संयुक्त रूपमा दुईदिने तालिमको आयोजना गरेका हुन् । निकुञ्ज क्षेत्रभित्र अवैध नियन्त्रण गर्नका लागि तालिमको आयोजना गरिएको लाङटाङ राष्ट्रिय निकुञ्जले बताएको छ । तस्करले दुर्लभ वन्यजन्तु र वनस्पति ओसारपसार गर्न गाडीको प्रयोग गर्दै आएको लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले बताए । उनले भने नयाँ नयाँ तरिका अपनाउँदै फल्स बटम बनाएर ल्याउँदा सुराकी पाए पनि पक्राउ गर्न कठिन हुन्छ । तस्करले कस्ता–कस्ता स्थानमा फल्स बटम बनाएर लुकाउन सक्छन् भन्ने सवारीसाधनका सम्भावित ठाउँका बारेमा सुरक्षाकर्मीलाई प्रयोगात्मक अभ्याससमेत गराइएको थियो । कुन–कुन वस्तु अवैध हो भन्ने पनि सुरक्षाकर्मीले थाहा पाउनुपर्छ ।
रसुवागढी नाका सञ्चालनमा आएसँगै आर्थिक क्रियाकलाप बढेको छ । नाकाबाट यसअघि पनि पटक पटक सुन, दुर्लभ वनस्पति तथा वन्यजन्तुका ओखेटोपहार र रक्तचन्दन बरामद गरिएको छ । तस्करले सिटमुनि, सेलिङ, गेयर बक्स, फोर्ड, ड्यास बोर्ड, कार्पेटमुनि, साइलेन्सर, टायर, ट्यांकीलगायतका ठाउँमा सामग्री लुकाउने प्रशिक्षक नरेन्द्र दासले बताए । ‘सवारीसाधनको धेरै ठाउँमा फल्स बटम बनाउन मिल्छ’, उनले भने यसका लागि चेकजाँच गर्दा विशेष ध्यान दिनुपर्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया