नेपाललाई विश्वकपमा छनोट गराउनु एकमात्र लक्ष्य : कप्तान पौडेल

विदुर खबर २०८० कार्तिक १२ गते १४:५७

नुवाकोट । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले ट्वान्टी-२० विश्वकपमा छनोट हुनु नै आफूहरूको एकमात्र लक्ष्य रहेको बताएका छन् ।

Advertisement

आइतबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमना कप्तान पौडेलले पछिल्ला ६ महिनायता ब्याटिङ राम्रो भएको बताएका हुन्। उनले पहिलाको कुरालाई बिर्सिएर मुख्य लक्ष्य अब आउने खेलमा लगाएको बताए । क्वालियफायर घरेलु मैदानमा भएको र आफूहरुले ठूलो अवसरका रूपमा लिएको उनले बताए। उनले कुनै पनि टिमलाई सहज रूपमा नलिएको र क्वालिफाइ हुने आफूहरूको लक्ष्य रहेको बताए । सबै खेलाडीहरूले आफूहरूको अनुभव प्रदर्शन गरेर विश्वकपमा छनोट हुनुपर्ने बताए ।

त्यस्तै प्रशिक्षक मोन्टी देसाईले कुनैपनि टिमले विपक्षी टिमलाई कमजोर आँक्न नहुने बताए । उनले नेपाली टिम लयमा रहेकाले आफ्ना कमजोरीलाई सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए । उनले एकपटकमा एउटा खेलको रणनीतिका साथ अघि बढ्ने बताए । उनले आफ्ना लागि सबै खेल महत्त्वपूर्ण रहेको बताए ।

Advertisement

कीर्तिपुर र मूलपानी क्रिकेट मैदानमा हुने विश्वकप छनोट यही कात्तिक १३ देखि १९ गतेसम्म आयोजना हुँदैछ । नेपाल रहेको समूह ‘ए’ मा सिंगापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् । छनोटको पहिलो खेलमा नेपालले कात्तिक १३ गते सिंगापुरसँग टीयू क्रिकेट मैदानमा खेल्नेछ ।

प्रतिक्रिया