इन्धनको भाउ घटेपछि गाडी भाडा घट्दै

विदुर खबर २०८० असोज २९ गते ११:३८

नुवाकोट । नेपाल आयल निगमले इन्धनको मूल्य ११ रुपैयाँसम्म घटाएपछि दशैंमा गाउँ जानेको लागि सार्वजनिक यातायातको भाडा सस्तो हुने भएको छ ।

Advertisement

आइतबार रातिदेखि आयल निगमले डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ र पेट्रोलको मूल्य ११ रुपैयाँ घटाएको थियो । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ पर्नेछ भने डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ ।

निगमले भारी मात्रामा इन्धनको मुल्य घटाएसँगै लामो तथा छोटो दुरीको भाडा पनि घट्ने छ । घटस्थापनादेखि काठमाडौंबाट दशैं तथा तिहार हजारौंको सङ्ख्यामा यात्रु बाहिरिने गरेका छन । करिब २० लाख हाराहारी मानिसहरुल चाडपर्वमा राजधानी छोड्ने गरेको यातायात व्यवसायीहरुको भनाई छ ।

Advertisement

इन्धनको मूल्य समायोजनपछि यातायात विभाग तथा प्रदेश यातायात मन्त्रालयले स्वचालित भाडादरको आधारमा मुल्य घटाउने छन्। विभागले आजै लामो तथा छोटो दूरीका सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजननिक गर्ने तयारी गरिरहेको छ ।

हाल नयाँ बसपार्क, पूर्वअरनिको यातायात लगायतले अग्रिम टिकट बुकिङ खुलाइरहेका छन । यस अघि यातायात व्यवसायीले भाड वृद्धिको माग राख्दै टिकट बुकिङ खुलाउन सहमत भएका थिएनन् । हाल इन्धनको मूल्य घटेसँगै भाडा नघटाउन सरकारलाई दबाब दिने तयारीमा उनीहरु छन ।

Advertisement

प्रतिक्रिया