नुवाकोटमा महिलाहरुको लागि निशुल्क एड्भान्स फेसन डिजाइन तालिम शुरु
नुवाकोट । नुवाकोटमा आईतवारदेखि महिलाहरुको लागि निशुल्क एड्भान्स फेसन डिजाइन तथा बुटिक तालिम शुरु भएको छ ।
नुवाकोट कपडा तथा सिलाई व्यवसायी संघको आयोजना तथा विदुर नगरपालिकाको सह–आयोजनामा तालिम शुरु भएको हो । तालिमको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले उद्घाटन गरेका छन् ।
तालिमको उद्घाटन गर्दै विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले तालिमले महिलाहरुलाई आत्मनिर्भर बनाउने बताए । मेयर श्रेष्ठले यस्ता तालिमले बढ्दो र मौलाउदो फेसन बजारको मागलाई बुझ्न र व्यवसायीक रुपमा पेशा अंगाल्नका ठुलो मद्धत मिल्ने बताए । उनले व्यवसाय गरेर मानिसको जीवनमा परिवर्तन हुने भएकोले यस्ता कामका लागि सदैव सहयोग गर्न स्थानीय सरकार तयार रहेको समेत उल्लेख गरे ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघ बाग्मति प्रदेश सदस्य गिता अमात्यले निशुल्क एड्भान्स फेसन डिजाइन तथा बुटिक तालिम सिलाई सम्बन्धी व्यवसाय गर्दै आएका महिलाहरुलाई अझै प्रभावकारी रुपमा व्यवसाय संचालन सहज हुने बताइन् । उनले सकेसम्म कपडाहरु लगाउँदा स्थानिय सिप र परिश्रमबाट बनेका कपडा लगाउँदा श्रमको सम्मान हुने बताइन् ।
कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष निलमवावुु ढुङ्गेलले तालिम सिक्ने मात्र नभई यसबाट सिकेका कुराहरु व्यवहारमा लागु गर्नुपर्ने बताए । वडाध्यक्ष ढुङ्गेलले तालिमले महिलाहरुलाई उद्यमी बनाउनुपर्ने समेत उल्लेख गरे ।त्यस्तै विदुर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष हरेराम भण्डारीले युवाहरुको ठूलो युवा जमात अहिले फेसन डिजाइनिङमा तानिएको भन्दै काम गर्न सके मनग्य आम्दानी हुने बताए ।
कार्यक्रममा नुवाकोट कपडा तथा सिलाई व्यवसायी संघका अध्यक्ष कमल नेपालीले महिलाहरुको आर्थिक स्तर सुधार गर्दै आत्मनिर्भर बनाउने र क्षमता अभिवृद्धि गर्नका लागि फेसन डिजाईन तालिमको आयोजना गरेको जानकारी दिए ।
तालिममा झण्डै ७० जना महिलाहरुको सहभागिता रहेको छ । एक सातासम्म संचालन हुने तालिममा तालिममा महिलासँग सम्बन्धित विभिन्न तरिकाका फेसन डिजाईनर सिप सिकाइने आयोजक नुवाकोट कपडा तथा सिलाई व्यवसायी संघले जानकारी दिएको छ ।
तालिममा प्रशिक्षक संगिता लामिछानेले सहजीकरण गर्ने बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया