आर्थिक मन्दीको असर : धादिङमा सटर बन्द गरेर व्यवसायी पलायन
नुवाकोट । धादिङको धादिङबेसीमा यतिखेर कयाै नियमित सञ्चालनमा भएका पसलहरु बन्द भएका छन् ।
संचालन भइरहेका पसलहरुमा आर्थिक मन्दिकाे प्रभाव परेपछि सटर बन्द गरेर व्यापारीहरू पलायन भएका छन् । पुछारबजार प्रहरीबिटबाट बिचबजार चाेकसम्मकाे मूलसडकमा मात्र ७७ ओटा सटर बन्द भएको प्रत्यक्ष रुपमा देखिन्छ ।
धादिङबेसीमा आर्थिक गतिविधि अत्यन्त न्यून भएकाेले व्यवसायीहरू व्यापार नभएपछि पसल बन्द गरेर पलायन हुन बाध्य भएका व्यवसायी राजकुमार श्रेष्ठको भनाई छ ।
हाेटल, किराना, मोबाइल, कपडा पसलहरु बन्द भएका र पुनः पुराना व्यवसायी आउने सम्भावना समेत नभएको व्यवसायीहरू बताउँछन् । बैँकहरुले लगानी गर्न छाडेको लामो समय भयो । विकासका बजेट कार्यान्वयनमा कमी आएको छ । नागरिकहरुले आम्दानी गर्ने व्यवसाय र रोजगारी पाएका छैनन् ।
जसले गर्दा खर्च गर्नेहरूसँग पैसा नभएका कारण पसलहरु धमाधम बन्द भइरहेको धादिङ उद्योग वाणिज्य संघका रोहित भण्डारीले बताए । धादिङबेसी क्षेत्रका २ सय ५० भन्दा बढी साना ठुला पसलहरु बन्द भएका छन् ।
तुलनात्मक रुपमा धादिङबेसीका सटरभाडा र घरभाडा बढी भएका र आर्थिक मन्दी भएका समयमा भाडा तिर्न नसक्ने अवस्थामा पसलहरु छाडेर व्यवसायीहरू पलायन भएको भण्डारीले जानकारी दिए ।
आर्थिक मन्दीका कारण नागरिकहरूसँग खर्चगर्ने क्षमता नभएका कारण बजारमा खर्च गर्न समेत छाडेका छन् । सरकारले गर्ने विकास खर्च तेल, डाेजर, रड जस्तापाता, आदिको रकम समेत विदेश जाने गरेपछि आर्थिक मन्दी बढ्दै गएकाले जनताले नै विकासकाे काममा आफै लाग्नुपर्ने सामाजिक कार्यकर्ता शिवराज सापकोटाको भनाई छ ।
सामानको मूल्य दोब्बर भएकाेले, तरकारी तथा फलफूलमा तेब्बर मूल्य बढेका कारण पनि आर्थिक मन्दी भएका स्वयम् व्यवसायी हरुकाे भनाइ छ । आर्थिक मन्दीले ग्रस्त भएका व्यवसायी र नागरिकहरुका लागि आर्थिक गतिविधि बढ्ने कुनै योजना स्थानीय सरकार र प्रदेश सरकारले ल्याउन सकेको छैन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया