शिक्षा दिवसको अवसरमा नौ सय ६२ जना नेपाल विद्याभूषणबाट विभूषित

विदुर खबर २०८० असोज २ गते १२:१६

नुवाकोट । शिक्षा दिवसको अवसर पारेर सरकारले नौ सय ६२ जनालाई नेपाल विद्याभूषणबाट विभूषित गरेको छ।

Advertisement

दिवसका अवसरमा पहिलोपटक नेपाल प्रविधि विद्याभूषण प्रदान गरेको हो।   राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्याउने ९ सय ६२ जनालाई विद्या भूषणबाट विभूषित गरेको शिक्षा मन्त्रालयले जनाएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज विभूषित हुनेहरूको नामवली प्रकाशन गरेको छ। विभूषित हुनेहरूमा नेपाल विद्या भूषण (क) तर्फ ७ सय ९० जना, नेपाल विद्याभूषण (ख)तर्फ ७१, नेपाल विद्याभूषण (ग) तर्फ ४४ जना, नेपाल छात्रा विद्यापदक (क)तर्फ २८ जना, नेपाल छात्रा विद्यापदक (ख)तर्फ १८ जना र नेपाल प्रविधि विद्या भूषण तर्फ ११ जना गरी कुल ९ सय ६२ जनालाई विभूषित गरेको मन्त्रालयद्वारा प्रकाशित सुचनामा उल्लेख गरेको छ।

Advertisement

प्रतिक्रिया