एनआईसी एशिया बैंकले ३०.५३ प्रतिशत लाभांश दिने
नुवाकोट । एनआईसी एशिया बैंकले सेयरधनीलाई ३०.५३ प्रतिशत लाभांश दिने भएको छ ।
शुक्रबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफा तथा सञ्चित नाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकको प्रस्तावित लाभांशमध्ये हाल कायम चुक्ता पूँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजारको २९ प्रतिशतले हुने ३ अर्ब ५३ करोड ६४ हजार ७९६ रुपैयाँ बोसन सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
यस्तै लाभांशमा लाग्ने कर प्रयोजनको लागि १.५३ प्रतिशतले हुने १३ करोड ६५ लाख ३ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो ।
बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपनि सेयरधनीमा वितरण हुनेछ ।
राष्ट्र बैंकले तोकेको प्राथमिक पूँजीकोष पुर्याउन नसक्दा आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश बाँड्न नपाएको बैंकले ३ वर्षपछि लाभांश बाँड्ने भएको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया