नुवाकोटमा विष सेवन गर्दा एक युवकको ज्यान गयो

विदुर खबर २०८० भदौ २८ गते १७:३०
सांकेतिक तश्वीर ।

नुवाकोट । नुवाकोटमा विष सेवन गर्दा एक युवकको ज्यान गएको छ ।

Advertisement

मृत्यु हुनेमा विदुर नगरपालिका वडा नम्बर १३ हर्कपुरका २६ वर्षिय सुवास न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

घरबाट हिजोदेखि वेपत्ता भएका उनको खोजी गर्ने क्रममा विदुर ७ को अधेरी खोलामा उनी चढ्ने मोटरसाईकल भेटिएको थियो । खोजी गर्ने क्रममा उनलाई विदुर नगरपालिकाको साउगाउँ पाण्डे थुम्का सामुदायिक वनमा अर्धचेत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

Advertisement

उपचारको लागि त्रिशुली अस्पताल ल्याएपनि उनलाई चिकित्सकले मृत घोषित गरेका छन् ।  घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

उनको शव पोष्टर्माटमको लागि त्रिशुली अस्पतालमा राखिएको छ ।

Advertisement

प्रतिक्रिया