विद्यालयको प्रधानाध्यापक अब प्रतिस्पर्धाबाट
नुवाकोट । सरकारले संसद्मा दर्ता गरेको शिक्षा ऐन संशोधन विधेयकमा सामुदायिक विद्यालयका प्रधानाध्यापक प्रतिस्पर्धाबाट छनोट गर्ने प्रस्ताव गरेको छ ।
कर्मचारी छनोट समितिले शिक्षकहरूमध्येबाट विद्यालय सञ्चालन, शैक्षिक गुणस्तर, सुधार योजना प्रस्तुत गर्न लगाएर खुला प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक छनोट गर्ने प्रस्ताव गरेको हो ।
माध्यमिक विद्यालयको हकमा सम्बन्धित स्थानीय तहभित्रका माध्यमिक तहमा अध्यापन गर्ने स्थायी शिक्षकहरूबाट प्रधानाध्यापक छनोट गर्ने प्रस्ताव गरिएको छ ।
त्यस्तै आधारभूत विद्यालयको प्रधानाध्यापकको हकमा त्यही स्थानीय तहका आधारभूत तहमा अध्यापन गर्ने स्थायी शिक्षकहरूबाट प्रधानाध्यापक छनोट गर्ने प्रस्ताव गरिएको छ । छनोट समितिमा जिल्ला शिक्षा कार्यालयका प्रमुख, सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत वा शिक्षा शाखाका प्रमुख र शिक्षा कार्यालयले तोकेको शिक्षाविद् रहनेछन् ।
प्रस्तावित विधेयकमा विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकले आफूमध्येबाट विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गर्न सक्ने प्रावधान राखिएको छ ।
यो समितिमा स्थानीय तहमा स्थायी रूपमा बसोबास गरिरहेका बुद्धिजीवी, शिक्षाप्रेमी तथा समाजसेवीमध्येबाट कम्तीमा २ जना महिला पर्ने गरी व्यवस्थापन समिति गठन गर्ने प्रस्ताव गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया