भारत एसिया कपको फाइनल प्रवेश

विदुर खबर २०८० भदौ २७ गते ९:०१

नुवाकोट । श्रीलंकासँग कमजोर ब्याटिङका बाबजुद ४१ रनको जित निकाल्दै भारत एसिया कपको फाइल प्रवेश गरेको छ।

Advertisement

सुपर फोरमा १ खेल बाँकी छँदै भारतले फाइनलमा स्थान पक्का गरेको हो।  मंगलबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारत ४९.१ ओभमार १० विकेट गुमाउँदै २१३ रनमा समेटिएको थियो।

भारतका लागि रोहित शर्माले ५३, केएल राहुलले ३९, इशान किसनले ३३, अक्षर पटेलले २६ र शुभमन गिलले १९ रन बनाए। अरू खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

Advertisement

भारतविरुद्ध उत्कृष्ट बलिङ गर्ने क्रममा श्रीलंकाका दुनिथ वेल्लालगे एक्लैले ५ विकेट लिएका थिए। दुनिथले रोहित शर्मा, शुभमन गिल, विराट कोहली, केएल राहुल र हार्दिक पान्ड्यालाई आउट गरेका थिए। यस्तै, चरिथ असलंकाले ४ विकेट लिए।  महीश थिकसनाले १ विकेट लिएका थिए।

भारतविरुद्ध उत्कृष्ट बलिङका बाबजुद ब्याटिङमा भने श्रीलंकाले २१४ रनको सामान्य लक्ष्य पनि भेट्टाउन सकेन। भारतको कसिलो बलिङका सामू ४१.३ ओभर मैदानमा टिकेको श्रीलंकाले १७२ रन मात्रै बनाउन सक्यो।

Advertisement

श्रीलंकालाई सस्तैमा समेट्ने क्रममा भारतका कुलदीप यादवले ४ विकेट लिए। यस्तै जसप्रित बुमराह र रवीन्द्र जडेजाले समान २–१ विकेट लिए भने मोहम्मद सिराज र हार्दिक पाण्ड्याले १–१ विकेट लिए।

फाइनल प्रवेशका लागि श्रीलंकालाई अर्को मौका छ। अबको खेलमा पाकिस्तानलाई हराउन सके श्रीलंकाले फाइनलमा स्थान पक्का गर्नेछ। श्रीलंका र पाकिस्तानको खेल बिहीबार हुनेछ।

श्रीलंका र पाकिस्तानको अंक समान भए पनि नेट रनरेटका आधारमा श्रीलंका अगाडि छ। बिहीबारको खेल वर्षाका कारण रद्द भएमा श्रीलंका स्वत: फाइनल पुग्नेछ। किनकि बिहीबारको खेलका लागि रिजर्भ डेको व्यवस्था छैन।

भारतले भने अर्को खेल अब बंगलादेशसँग खेल्नेछ। बंगलादेश सुपर फोरबाट बाहिरि सकेका कारण उक्त खेल औपचारिक मात्रै हुनेछ।

प्रतिक्रिया