टिमुरे यातायातले त्रिशुलीमा विद्युतिय चार्जिङ्ग स्टेसनको निर्माण गर्दै
नुवाकोट । विदुर नगरपालिका वडा नम्बर १ को त्रिशुली वसर्पाकमा टिमुरे यातायात प्रालिले आफ्नै लगानीमा विद्युतिय चार्जिङ्ग स्टेसनको निर्माण शुरु गरेको छ ।
निकट भविष्यमै टिमुरे यातायात प्रालिले काठमाण्डौ–त्रिशुलीमा संचालन गर्न लागेको ई–माईक्रोको लागि विद्युतिय चार्जिङ्ग स्टेसनको निर्माण गर्न लागेको टिमुरे यातायात प्रालिका अध्यक्ष प्रकाश जोशीले विदुर खबरलाई जानकारी दिए ।
विदुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष लेनिन रन्जितको पहलमा विद्युत प्राधिकरणले ट्रान्सफरमर सहित अन्य प्राविधिक सहयोग गरेपनि चार्जिङ्ग स्टेसनको निर्माण गर्न झण्डै ३० लाख रुपैयाँ लाग्ने उनले बताए । नुवाकोटमै पहिलो पटक आफुहरुले सार्वजनिक यातायातको क्षेत्रमा ई–माइक्रो संचालन गर्न लागेकोले विद्युतिय चार्जिङ्ग स्टेसनको निर्माण शुरु गरिएको उनको भनाई छ ।
आन्तरिक रुपमा विद्युत खपत बढाउने महत्वपूर्ण क्षेत्र यातायात भएकोले सकारको नितिलाई सहयोग गर्नका लागि आफुहरुले ई–माईक्रोको संचालन गर्न लागेको अध्यक्ष जोशीको भनाई छ । पहिलो चरणमा दशैबाट काठमाण्डौ–त्रिशुलीको रुटमा १० ओटा ई–माइक्रो संचालन गर्ने तयारी गरिएको उनले बताए ।
पहिलो चरणमा काठमाण्डौ–त्रिशुलीको रुटमा १० ओटा ई–माईक्रो संचालन गर्न लागेका छौ, यो सफल भएमा अन्य रुटमा समेत सेवा विस्तार गर्ने लक्ष्य लिएको जोशीले बताए । ई–माईक्रो संचालन गर्दा केही खर्च कम हुने भएकोले पेट्रोलियम पदार्थबाट संचालन हुने यातायाताको भन्दा भाडा केही सस्तो हुने समेत उनले बताए ।
अहिले पेट्रोलियम पदार्थबाट चल्ने काठमाण्डौ–त्रिशुलीको एसी भाडा झण्डै ४ सय रुपैयाँ रहेको छ । टिमुरेले संचालन गर्न लागेको ई–माईक्रोको भाडा ३ सय ५० रुपैयाँ हुने बताइएको छ । जुन ई–माईक्रोको क्षमता १० जना चढ्न मिल्ने हुनुको साथै फुल एसी समेत हुने जोशीले बताए ।
नेपालले वर्षेनी पेट्रोल आयातमा खर्बौ रुपैयाँ व्यापार घाटा व्यहोरिरहेको छ । नेपालको नदिमा प्रशस्त पानी भएको कारण नेपालमा विद्युत बढी उत्पादन हुने र नेपालले विद्युतिय गाडी प्रयोगमा ल्याउन सके जलविद्युतले बजार पनि प्रश्स्तै पाउने हुँदा देशको अर्थतन्त्रमा ठुलो टेवा दिने विश्वास गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया