टोखा–छहरे सुरुङमार्गको जानकारी लिन अर्थमन्त्रीसहितको टोली आज नुवाकोट आउने
नुवाकोट । टोखा–छहरे सुरङ्ग मार्गको वातावरणीय प्रभावका विषयमा जानकारी लिनका लागि अर्थमन्त्री डा. प्रकाशशरण महतसहितको टोली आज नुवाकोटको शिवपुरी गाउँपालिकास्थित बोहोरेसम्म आउने भएका छन् ।
दिउँसो २ वजे अर्थमन्त्री डा. प्रकाशशरण महत, भौतिक पुर्वाधारमन्त्री प्रकाश ज्वाला तथा वन मन्त्री सहितको टोली शिवपुरि ७ र ८ सुनखानी वोहोरेखोला आसपाससम्म आउने कार्यक्रम रहेको अर्थमन्त्री डा. महतको निजी सचिवालयले जनाएको छ ।
काठमाडौंको टोखाबाट छहरेसम्म सुरुड.मार्ग निर्माणका लागि अर्थमन्त्री डा. महतले यस आर्थिक वर्षका लागि एक अर्ब बजेट विनियोजन गरेका थिए ।
अर्थमन्त्री महतले शनिवार विदुरमा आयोजित एक कार्यक्रममा एक दुई दिनभित्रै वातवरणीय प्रभावका बारेमा प्रतिवेदन तयार हुने र सो प्रतिवेदन चीन सरकारलाई बुझाए लगत्तै काम सुरु गर्न विषयमा चीन सरकार सकारात्मक भएको बताएका थिए ।।
उनले प्रधानमन्त्रीको चीन भ्रमणका समयमा चीन सरकारसँग नेपालले सुरुड.मार्गका निर्माणलाई मुख्य प्रस्तावका रुपमा राख्ने जानकारी समेत दिएका थिए । अर्थमन्त्रि महतले यसमा धेरै जटिलता भएकाले धैर्य गर्न आग्रह गर्दै सुरुड. मार्ग बनाएर छाड्ने प्रतिवद्धता समेत जनाएका थिए ।
प्रधानमन्त्री चीन भ्रमणअघि नै वातावरणीय प्रभाव मुल्याड.कन गर्ने उदेश्यका साथ सरकारका मन्त्री आफै उत्तः मार्गको अवलोकनका लागि भोलि जान लागेको बताइएको छ । टोलीमा सडकको अवस्था, उक्त क्षेत्रमा पर्ने वन जंगलको वास्तविक तथ्याड.का साथै अन्य विषयमा जानकारी लिनका लागि मन्त्रीहरुको टोली आउने तयारीमा रहेको बताइएको छ ।
विगत दुई वर्षअघि चिनियाँ राष्ट्रपति सी चिनफिंगको भ्रमणका क्रममा काठमाडौं टोखा–छहरे नवाकोटको सदरमुकाम विदुर हुँदै बेत्रावती र स्याफ्रुवेंसीसम्म सुरुङ सहितको सडक निर्माण गरिदिन चीन सहमत भएको थियो । सुरुङमार्ग निर्माण सहयोग सम्बन्धमा अर्थ मन्त्रालय र चीन अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीबीच सम्झौता समेत भैसकेको छ काठमाडौंको टोखादेखि नुवाकोट सदरमुकामसम्म सुरुङ सहितको ३२ किमि सडक मार्ग चीनले अनुदानमा निर्माण गरिदिने भएको हो। टोखा–छहरे सुरुङमार्ग ७ किमिको बन्नेछ ।
हाल सञ्चालनमा रहेको प्रमुख मार्ग काठमाडौं–गल्छी–स्याफ्रुंवेसी र रसुवागडी पुग्न १२८ किलोमिटर लाग्छ। काठमाडौंको बाइपास, नुवाकोटको विदुर, रसुवाको धुन्चे र स्याफ्रुवेंसी हुँदै रसुवागडीको दुरी १५२ किमि छ। टोखा–छहरे गँगटे ४४ किलोमिटर छ। गल्छी–छहरेमा निर्माण गर्दा यो खण्ड १२ किमि घट्छ । गँगटे–वेत्रावती १७ किमि, वेत्रावती–मैलुङ १० किमि, मैलुङ–स्याफ्रुवेंसी १९ किमि, स्याफ्रुवेंसी–रसुवागढी १६ किमि छ ।
सुरुड.मार्ग निर्माणसँगै नुवाकोट, रसुवा जिल्लाको विकासले फड्को मार्ने सरोकारवालाहरुले बताएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया