नुवाकोटका सापकोटाले कांग्रेस सहमहामन्त्रि महेन्द्र यादवलाई खुकुरी हाने

विदुर खबर २०८० भदौ २० गते १७:००

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ७ तुप्चेका श्यामवहादुर सापकोटाले नेपाली कांग्रेसका सहमहामन्त्रि महेन्द्र यादवमाथि खुकुरी प्रहार गरेका छन् ।

Advertisement

काठमाण्ठौमा आयोजित एक कार्यक्रममा सापकोटाले यादवमाथि खुकुरी प्रहार गरेका हुन् । भृकुटीमण्डपमा आयोजित कार्यक्रमबाट बाहिरिने क्रममा उनले धारिलो हतियारले आक्रमण गरेको काठमाडौं प्रहरी प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिए ।

पक्राउ परेका सापकोटाले रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा अघिल्लो लहरमा नै बसेर यादवको भाषण सुनेका थिए ।
कार्यक्रम सकिएपछि यादवलाई पछ्याउँदै आएर उनले खुकुरी हानेको प्रत्यक्षदर्शीले बताएका छन् ।

नेपाली कांग्रेसका सहमहामन्त्रि महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने सापकोटा ।

Advertisement

पक्राउ परेका सापकोटले आफूलाई अभियन्ता भन्ने गरेका छन् । रिपोर्टर्स क्लबको कार्यक्रममा यादवले सुन तस्करी, भुटानी शरणार्थी प्रकरण, ललितानिवास प्रकरणबारे धारणा राखेका थिए ।

खुकुरी प्रहारबाट घाइते भएलगत्तै यादवलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको छ ।

Advertisement

प्रतिक्रिया