त्रिशुली अस्पतालमा स्त्री रोग तथा प्रसुति विशेषज्ञ सेवा सूचारु

विदुर खबर २०८० भदौ ११ गते २१:००

नुवाकोट । नुवाकोटको त्रिशुली अस्पतालमा झण्डै एक सातादेखि बन्द भएको स्त्री रोग तथा प्रसुति विशेषज्ञ सेवा सोमवारबाट सूचारु भएको छ ।

Advertisement

सोमवार अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन प्रतिक सिहले एक विज्ञप्ती जारी गरि आजदेखि अस्पतालमा स्त्री रोग तथा प्रसुति विशेषज्ञ सेवा सूचारु भएको बताएका छन् ।

उनले जारी गरिएको विज्ञप्तीमा भनिएको छ अस्पतालमा स्त्री रोग तथा प्रसुति विशेषज्ञ सेवा ब्यवस्थापनको लागि बामगती प्रदेश स्वास्थ्य मन्त्रालयबाट यहि भदौ ६ गतेको पत्रानुसार दुई जना गाईनोलोजिष्ट चिकित्सकहरु भदौ १० गतेदेखि हाजिर हुनु भएको हुँदा स्त्री रोग तथा प्रसुति विशेषज्ञ सेवा सुचारु रहेको ब्यहोरा सम्पूर्ण सेवाग्राहीहरुलाई यसै सूचना मार्फत जानकारी गराईन्छ ।

Advertisement

यसअघि अस्पतालमा स्त्री रोग तथा प्रसुति विशेषज्ञ सेवा सूचारु नहुँदा आम सरोकारवालाहरुले स्थानियदेखि प्रदेश र संघिय सरकारको आलोचना गर्दै जिल्लामै तत्तकाल सेवा शुरु गर्न माग गरेका थिए ।

अस्पतालमा स्त्री रोग तथा प्रसुति विशेषज्ञ सेवा सूचारु नहुँदा आम सर्वसाधारणहरु मारमा परेका थिए । सामान्य समस्या देखिएपनि विरामीहरु काठमाण्डौ धाउन बाध्य भएका थिए ।

Advertisement

प्रतिक्रिया