वाग्मती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारसको उम्मेद्वारी
नुवाकोट । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले वाग्मती प्रदेश क्रिकेट संघको अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन्।
खड्काले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका हुन्। उनलाई वाग्मतीका ६ मध्ये ४ जिल्ला अध्यक्षले समर्थन गर्ने बताएका छन्। काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुरका अध्यक्षले पारसलाई अध्यक्ष बनाउन समर्थन गर्ने बताएका हुन्।
वाग्मती प्रदेश क्रिकेट संघको अधिवेशन भदौ १५ गते हुँदैछ। दुई वर्षअघि खड्काले संन्यास घोषणा गर्दै नेपाल क्रिकेट संघ(क्यान) को नेतृत्वमा आउने बताएका थिए। उनी यही महिना जिल्ला क्रिकेट संघ काठमाडौँमा सदस्य निर्वाचित भएका थिए। जिल्ला क्रिकेट संघका अध्यक्ष भने दिवाकर घले हुन्।
अध्यक्षमा निर्वाचित भएसँगै घलेले पूर्वकप्तान खड्कालाई क्यानको नेतृत्वमा ल्याउन सहयोग गर्ने बताएका थिए।
खड्काले वाग्मतीको अध्यक्षमा निर्विरोध निर्वाचित हुन पहल गर्ने बताएका छन्। तर जिल्ला क्रिकेट संघ चितवनका अध्यक्ष सुदिप पियाले पनि वाग्मतीको अध्यक्षमा उम्मेद्वारी दिने तयारी गरेका छन्।
प्रदेशको निर्वाचनपछि क्यानको केन्द्रीय कार्यसमितिका लागि निर्वाचन हुनेछ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया